फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षा परिषदद्बारा उत्तर कोरियाको निन्दा

(GMT+08:00) 2017-08-30 18:27:54

 उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रक्षेपणबारे अमेरिका र जापानले वार्ता गर्दै उत्तर कोरियामाथि दबाव बढाउने सहमति गरेका छन्। अमेरिका, जापान र दक्षिण कोरियाका मागमा सुरक्षा परिषदले हिजो अगष्ट उनान्तीस तारिख दिउँसो आकस्मिक सम्मेलन आयोजना गरेको थियो। सुरक्षा परिषदले उत्तर कोरियाको कारवाहीको कडा शब्दमा निन्दा गरेको छ।

अमेरिकी ह्वाइट हाउसले उनान्तीस तारिख एउटा वक्तव्य प्रकाशित गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाले अमेरिका, जापान र दक्षिण कोरिया तथा विश्वका अन्य मुलुकलाई गम्भिर र प्रत्यक्ष धम्की दिएको कुरामा सहमति गरेको उल्लेख गरेको छ।

दक्षिण कोरियाले एउटा वक्तव्य प्रकाशित गर्दै उत्तर कोरियालाई वार्तामा आउन फेरि एकपटक ताकिता गरेको छ। वक्तव्यमा भनिएको छ यदि उत्तर कोरियाले उत्तेजना फैलाउने कारवाही जारी राखेमा दक्षिण कोरिया -अमेरिकी मोर्चाले जवाफ दिने बताएको छ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यिङले विभिन्न पक्षलाई क्षेत्रीय परिस्थितिलाई तनावबाट जोगाउन कोरियाली प्रायद्बिपको शान्ति र स्थिरतालाई संयुक्त रुपमा सुरक्षा गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले समस्याको समाधानको एकमात्र उपाय वार्ता रहेको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु