फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्षभित्रै नेपाल भारत सीमास्तम्भ मर्मत र पुन:स्थापना हुने

(GMT+08:00) 2017-08-31 13:54:53
 नेपाल–भारत सिमानाका सीमास्तम्भ आगामी पाँच वर्षभित्र मर्मत र पुन:स्थापना गरिसक्न दुवै देश सहमत भएका छन्। नेपाल–भारत संयुक्त सीमा कार्यदल समूह (बीडब्लूजी) को नियमित बैठकमा यस्तो सहमति भएको कान्तिपुर अनलाइनले लेखेको छ। भारतको देहरादूनमा बुधबार सम्पन्न महानिर्देशकस्तरीय दुईदिने बैठकमा 'नो म्यान्स लाइन' क्षेत्रमा रहेका संरचना हटाउने, सीमास्तम्भ मर्मत गर्ने, फालिएका सीमास्तम्भ पुन:स्थापना गर्ने, वर्षाका कारण रोकिएको दुईपक्षीय फिल्ड भिजिट नोभेम्बर 1 बाट अघि बढाइने सहमति जुटेको छ। समूहको अर्को बैठक सन् 2018 को अगस्टमा बस्ने तयसमेत भएको छ।

बैठकमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्ट र भारतीय पक्षको नेतृत्व लेफ्टिनेन्ट जनरल भीपी श्रीवास्तवले गरेका थिए। बैठकपछि दिल्लीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै सहमतिबारे जानकारी दिएको थियो।

नेपाल–भारत संयुक्त टोलीले तयार पारेको र सहमति भएको स्ट्रिप म्यापका आधारमा यस्तो सुधारका काम विगत तीन वर्षदेखि भइरहेको छ। सुस्ता र कालापानीबाहेक क्षेत्रमा यो कार्य अघि बढेको छ।

त्यो क्षेत्रको विवाद समाधान गर्ने जिम्मा दुवै देशका परराष्ट्र सचिवस्तरको संयन्त्रलाई दिइएको छ भने पछि मन्त्रीस्तरमा टुंग्याउने निर्णय भएको छ।

जानकारी तथा लेखहरु