फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तिब्बती सांस्कृतिक आदान-प्रदान प्रतिनिधि मण्डलद्बारा अस्ट्रेलियाका राजधानी क्यानबेराको भ्रमण

(GMT+08:00) 2017-08-31 18:19:27

चिनियाँ तिब्बती सांकृतिक आदान-प्रदान प्रतिनिधि मण्डलले हिजो अगष्ट तीस तारिख अस्ट्रेलियाको राजधानी क्यानबेराको भ्रमण गर्दै अस्ट्रेलियाका अधिकारी, थिङ्कट्याङ्क तथा पत्रकारहरुसँग आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ। प्रतिनिधि मण्डलले तिब्बतको इतिहास, संस्कृति, धर्म र वर्तमान विकासको पूर्ण जानकारी दिएको छ।

अस्ट्रेलियाका अधिकारीले चीनको विकास अस्ट्रेलियाका लागि धेरै महत्वपूर्ण रहेको बताएका छन्। अस्ट्रेलियाका अधिकारीले चीनको तिब्बत स्वायत्त प्रदेशसँग कृषि, प्रबिधि, पर्यटन आदि क्षेत्रको सहयोगलाई सबल पार्ने औँल्याएका छन्।

प्रतिनिधि मण्डलका प्रमुख एवम् राज्य परिषदको प्रेस कार्यालय अन्तर्गत मानव अधिकार मामिला व्यूरोका उप निरीक्षक वाङ येन वनले इतिहासमा तिब्बत चीनको एउटा भाग रहेको बताउँदै चीन सरकारले चीनको आन्तरिक मामिलाको हस्तक्षेप गरेको र शान्तिपूर्ण वातावरणलाई ध्वस्त बनाएको कुराको कडा निन्दा गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु