फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानमा रहेको अमेरिकी सेनाको संख्या पहिले सार्वजनिक गरिएको तुलनामा निकै बढी

(GMT+08:00) 2017-08-31 18:19:51

 अमेरिकी रक्षा मन्त्रालयले हिजो अगष्ट तीस तारिख अफगानिस्तानका लागि अमेरिकी सेनाको कूल संख्या एघार हजार पुगेको बताएको छ। यो संख्या यसअघि सार्जनिक गरिएको आठ हजार चार सयको तुलनामा निकै बढी हो।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले हिजो आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको संख्याबाट सैन्य पारदर्शिता बढाएको बताउँदै अफगानिस्तानमा थप सैनिक नपठाएको बताउनुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको एकाईस तारिख अफगानिस्तान युद्धको नयाँ रणनीति सार्वजनिक गर्दै अफगानिस्तानमा थप सैनिक पठाउने घोषणा गर्नुभएको थियो।

"वाशिंटन पोस्ट"का अनुसार, ट्रम्प सरकारले अफगानिस्तानमा थप चार हजार सैनिक पठाउने छ।

जानकारी तथा लेखहरु