फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्या मनमा ब्रिक्स मुलुकका नेता बीच भेट-वार्ता हुने

(GMT+08:00) 2017-08-31 19:18:42

वित्त आर्थिक सहयोग ब्रिक्स प्रणालीको एउटा महत्वपूर्ण भाग हो। चीनको अर्थ मन्त्रालय र राष्ट्रिय विकास सुधार समितिका जिम्मेवारी व्यक्तिले स्या मनमा आयोजना हुने ब्रिक्स मुलुक शिखर सम्मेलनमा आर्थिक क्षेत्रमा सफलता प्राप्त हुने जानकारी दिनुभएको छ।

अर्थ मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय अर्थ केन्द्रका प्रमुख चौ छ्याङ ऊले विगत दश वर्षदेखि ब्रिक्स मुलुकले खुला, समावेशी, सहयोगी र साझा समृद्धिको भावनासँगै विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्दै आएको बताउनुभयो। उहाँले सहयोग प्रणालीलाई अझै सुधार हुँदै आएको पनि उल्लेख गर्नुभयो। उहाँले ब्रिक्स प्रणाली विकासोन्मुख ठूला मुलुकबीचको सहयोग तथा विश्व आर्थिक प्रशासनको महत्वपूर्ण मञ्च रहेको भन्दै अन्तर्राष्ट्रिय प्रभाव शक्ति अझ प्रभावकारी भइहेको बताउनुभयो।

हाल विश्व आर्थिक पुनःरुत्थान अस्थिर अवस्थामा रहेको छ। ब्रिक्स मुलुक भित्र पनि आर्थिक विकासमा विभिन्न ठूला चुनौतीहरू रहेका छन्। सोबारे चिनियाँ राष्ट्रिय विकास सुधार समिति अन्तर्गत वैदेशिक आर्थिक अध्ययन संस्थाका प्रमुख ये फू चिनले ब्रिक्स मुलुकले सिर्जनात्मक, खुलापन सहयोग, आर्थिक साझेदारी रणनीतिक कार्यान्वयन र उदियमान बजारलाई महत्वका साथ विकास गर्दै सहयोगलाई सबल पार्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु