फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत द्वीपक्षीय व्यापारको भविष्यबारे चिनियाँ वाणिज्यमन्त्रालयको धारणा

(GMT+08:00) 2017-08-31 19:19:05

चीनको वाणिज्यमन्त्रालयका प्रवक्ता काउ फङले चीन र भारत आपसीमा महत्वपूर्ण आर्थिक तथा व्यापारिक सहयोगी साझेदारी रहेको बताउनु भएको छ। उहाँले द्वीपक्षीय आर्थिक तथा व्यापारिक सहयोगको स्थिर विकासको प्रवृत्ति कायम रहेको भन्दै ठूला विकासोन्मुख मुलुकको रुपमा चीन र भारतले सँगै मिलेर द्वीपक्षीय आर्थिक तथा व्यापारिक सहयोगलाई असल वातावरणको सिर्जना गरी आपसी हितयुक्त द्वीपक्षीय आर्थिक तथा व्यापारिक सहयोग गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

एक महिनाभन्दा लामो समयसम्म भारतीय सेनाले अवैध रुपमा सीमा पार गरी सिर्जना भएको द्वन्द्व गत अठाइस तारिख भारतीय सेना फिर्ता भएपछि समाधान भएको छ। आज अगष्ट एकतीस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता काउ फङले त्यसबारे चर्चा गर्दै उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु