फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशन आगामी अक्टोबर अठार तारिख सुरु

(GMT+08:00) 2017-08-31 19:19:47

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोले आज अगष्ट एकतीस तारिख बैठक बसी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ राष्ट्रिय महाधिवेशनको तयारी कार्यबारे छलफल गरी महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले निर्णय गरेअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक आगामी अक्टोबर एघार तारिख पैचिङमा सुरु हुनेछ। साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकसमक्ष आगामी अक्टोबर अठार तारिख चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ राष्ट्रिय महाधिवेशन सुरु गर्ने प्रस्ताव गरेको छ।

हाल मशाधिवेशनका विभिन्न तयारी कार्य सुचारु रुपमा भइरहेका छन्। महाधिवेशनलाई सफलताका साथ आयोजना गर्न तयारी कार्य व्यावहारिक रुपमा गर्नुपर्ने पनि बैठकले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु