फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी साता नेपालका परराष्ट्रमन्त्री चीन आउँदै

(GMT+08:00) 2017-09-01 16:03:11

नेपालका उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा आगामी साता चीन भ्रमणमा आउनु हुने भएको छ। संयुक्त राष्ट्र संघको माहासभामा भाग लिन जानु अघि महरा चीन आउन लाग्नु भएको परराष्ट्र मन्त्रालयले बताएको नेपाल खबर अनलाइनले लेखेको छ। महराको भ्रमणमा सम्झौता हुने/नहुनेबारे भने परराष्ट्रमन्त्रालयका अधिकारीहरुले अहिले केही पनि बताएका छैनन्।

परराष्ट्र मन्त्री महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईले पनि महराको चीन भ्रमणलाई पुष्टी गर्नुभयो। उहाँले अर्को साता महरा चीन जाने बताउनुभयो।

'मिति तय भैसकेको छैन तर सेप्टेम्बर पहिलो सातातिर हुने गरि दुबै देशका परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिहेका छन्', चौलागाइले आज शुक्रबार बिहान भन्नुभयो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा परराष्ट्रमन्त्री भएपछि महराको यो पहिलो चीन भ्रमण हो।

महराको भ्रमणमा हुन सक्ने सम्झौताबारे भने चौलागाई पनि केही बताउन चाहनु भएन। उहाँले मन्त्रालयमा भ्रमणबारे छलफल चलिरहे पनि सम्झौताबारे अहिलेसम्म केही जानकारी नरहेको बताउनुभयो।

'यो सद्भावका भ्रमण हो। मन्त्री भएपछि उहाँ अहिलेसम्म चीन जानु पनि भएको छैन', चौलागाइले भन्नुभयो। उहाँले महरा परराष्ट्र मन्त्रालयका केही अधिकारी सहित सानो टिम लिएर चीन जाने बताउनुभयो। महराको चीन भ्रमणबारे आगामी मन्त्रीपरिषदमा छलफल गरि तय हुने भएको छ।

चीन भ्रमण लगत्तै महरा संयुक्त राष्ट्र संघको माहासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नेछन्। माहासभामा भाग लिन प्रधानमन्त्री देउवा आगामी असोज पहिलो साता अमेरिका जाने हुनुभएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सुशील कोइरालाले राजनीतिक कारण देखाउँदै अन्तिम समयमा महासभामा सहभागी हुन न्यूयोर्क जाने कार्यक्रम रद्ध गर्नु भएको थियो।

भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण प्रधानमन्त्री केपी ओली पनि न्यूयोर्क जान पाउनु भएको थिएन।

जानकारी तथा लेखहरु