फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनीयाँ सहयोगमा लुम्बिनीसम्म सहज यातायात पूर्वाधार आवश्यक रहेको उपप्रधान तथा परराष्ट्रमन्त्री महराको भनाइ

(GMT+08:00) 2017-09-01 16:05:03

नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चिनियाँ सहयोगमा लुम्बिनीसम्मको यातायात सहज बनाउन आवश्यक पूर्वाधार नेपाल सरकारले पहल गरिरहेको बताउनु भएको छ। हिजो बिहीवार चिनियाँ भाषी पथ पर्दशकहरुको संगठनको शुभारम्भ आयोजित कार्यक्रममा महराले यस्तो जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ।

केही वर्षयता नेपालका पूर्व प्रधानमन्त्रीहरुको चीन भ्रमणको क्रममा नेपालले लुम्बिनीसम्म रेल मार्ग निर्माणको प्रस्ताव राख्दै आएको छ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु हङले चीनले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो। उहाँले नेपालले पर्यटन क्षेत्र सुधारको लागि पर्यटकको सुरक्षा, आधारभुत पुर्वाधार निर्माण र पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारमा जोडदिनुपर्ने बताउनुभयो।

यस वर्ष नेपाली तराई क्षेत्रमा गएको बाढीको कारण चितवनमा फसेका आफ्ना 1 सय नागरिकको राहतको लागि भएको द्रुतस्तरको कामको पनि राजदुत हङले प्रशंसा गर्नुभयो। चीनबाट बार्षिक सरदर 12 करोड 20 लाख मानिसहरु पर्यटकको रुपमा विदेश भ्रमण गर्छन्। तर, नेपालमा पछिल्लो समय बार्षिक 91 हजार 1 सयको हाराहारीमा मात्र चिनीयाँ पर्यटक आउने गरेका छन्।

जानकारी तथा लेखहरु