फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आतङ्कवाद विरुद्धमा पाकिस्तानले गरेको योगदानको चीनद्वारा प्रशंसा

(GMT+08:00) 2017-09-01 18:51:22

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यिङले हिजो अगष्ट एकतीस तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तान आतंकवाद विरुद्धको लडाइमा अगाडि बढेको बताउँदै केही वर्षदेखि आतंकबादको विरोधमा धेरै सकारात्मक प्रयास भइरहेको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय समाजद्बारा आतङ्कबाद विरोधमा पाकिस्तानले दिएको योगदानलाई पूर्ण रूपमा पुष्टि हुनुपर्ने बताउनुभयो। चीनले पाकिस्तान तथा अन्य मुलुकसँग अन्तर्राष्ट्रिय आतंकबाद विरुद्धको सहयोगलाई सबल पार्ने पनि उहाँले स्पष्ट पार्नुभयो।

त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्बारा पाकिस्तानलाई आतङ्ककारीका लागि स्वर्गीय भूमि भन्नु भएको थियो। सुरक्षाका कारण चीनले पाकिस्तानलाई दवाव दिनुपर्ने भारतले माग गरेको केही पत्रकारले प्रश्न उठाउँदै ब्रिक्स मुलुकको स्यामन शिखर वार्तामा सो समस्याबारे छलफल हुन्छ कि भन्ने प्रश्नमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। उहाँले यो विषय स्यामन वार्ताको मुख्य विषय नभएको औँल्याउनुभयो।

जानकारी तथा लेखहरु