फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोकलाङ समस्या समाधानमा चिनियाँ सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको चीनको रक्षा मन्त्रालयको भनाइ

(GMT+08:00) 2017-09-01 18:51:51

चीनको रक्षा मन्त्रालयका प्रवक्ता रङ को छ्याङले हिजो अगष्ट एकतीस तारिख पैचिङमा दोकलाङ घटनापछि चिनियाँ सेनाले आकस्मिक कदम चाल्ने सैनिक कूटनीति र सिमा आदान-प्रदानबाट भारतीय सेनासँग वार्ता गर्दै दोकलाङ समस्याको राम्रो समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

उहाँले दोकलाङ चीनको भूमि हो भन्दै चिनियाँ सेनाले राष्ट्रिय भूमि र सार्वभौमिक्तालाई सुरक्षा गर्ने जिम्मेवारीको कडा पालना गरेको बताउनुभयो।

केही पत्रकारले "भारतले सिमा विवाद सम्पन्न भएको कारण चीनले भारतलाई बीस अर्ब अमेरिकी डलर ऋण दिएपछि चीन र भारत आपसमा सैनिक फिर्ता लिन र विवादित क्षेत्रमा राजमार्ग नबनाउने सहमति भएको हो भन्दै प्रश्न गरेका थिए। सोबारे प्रवक्ता रङले चीनले भारतलाई ऋण दिएको कुरा गलत भएको बताउनुभयो।

उहाँले चीन र भारत बीचको सैनिक सम्बन्ध दुवै मुलुक बीचको सम्बन्धको एक महत्वपूर्ण भाग रहेको भन्दै दुवै मुलुकका रक्षा मन्त्रालय र सैनिकले अझ रणनीतिक आदान-प्रदान गर्दै दुवै मुलुकको सेना बीचको सम्बन्धलाई स्वस्थ विकास गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु