फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विश्वव्यापी थिङ्कथ्याङ्कद्वारा ब्रिक्ससम्बन्धी गोष्ठीको आयोजना

(GMT+08:00) 2017-09-01 18:52:24

ब्रिक्सको नवौँ शिखर सम्मेलन आगामी तीन तारिखदेखि पाँच तारिखसम्म चीनको फु च्यान प्रान्तको स्या मन शहरमा आयोजना हुँदैछ। त्यसअघि आज सेप्टेम्बर एक तारिख विहान चीनको विश्वव्यापी थिङ्कथ्याङ्कले पैचिङमा एक गोष्ठीको आयोजना गरी सो सम्मेलनको अर्थतन्त्र र ब्रिक्सको सहयोगी प्रणालीको विकास आदि विषयबारे छलफल गरेको छ।

ब्रिक्स मुलुकबीच सहयोग र भविष्य निर्धारण शीर्षकमा आयोजित सो गोष्ठीमा चीनको रनमिन विश्वविद्यालयको प्रोफेसर श यिन हुङले एक समूहको रुपमा रहेको ब्रिक्स नयाँ ढाँचाको विश्वव्यापीकरणको पायोनियर बनेको बताउँदै नयाँ ढाँचाको अन्तर्राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय सहयोग र अन्तर्राष्ट्रिय सम्बन्ध विकासको पनि पायोनियर रहेको उल्लेख गर्नुभयो।

सहभागी विशेषज्ञको विचारमा ब्रिक्सले अझ बढी विकासोन्मुख मुलुकसँग सहयोग बढाउने र अन्तर्राष्ट्रिय समूहको अझ महत्वपूर्ण शक्ति बनेर यसरी नै विश्व आर्थिक क्षेत्रमा अनावश्यक जोखिमको सामना गर्न सक्षम बन्नेछ।

जानकारी तथा लेखहरु