फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानले आणविक सम्झौताको पालना गरेकोमा चीनद्वारा स्वागत

(GMT+08:00) 2017-09-01 18:52:54

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले इरानले आणविक सम्झौताको पूर्ण पालना गरेकोप्रति चीनले स्वागत गर्नुका साथै इरान र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले गरेको प्रयासको प्रशंसा गरेको बताउनु भएको छ।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छोन यिङले उक्त कुरा बताउनुभएको हो। उहाँले विभिन्न पक्षले उक्त सम्झौताको निरन्तर पालना गर्नुपर्ने र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले निष्पक्ष, न्यायसंगत र व्यावसायिक अडान लिएर निरन्तर आफ्नो कर्तव्यको पालना गर्न सक्ने आशा चीनले लिएको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु