फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढीपहिरोबाट 19 बालबालिकाको मृत्यु

(GMT+08:00) 2017-09-02 15:18:27

       नेपालका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका 19 बालबालिकाको मृत्यु भएको छ। पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर र चितवनका विद्यार्थीको मृत्यु भएको शिक्षा मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले जानकारी दिनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

        ती जिल्लाका करिब 500 विद्यालयको भौतिक संरचनामा क्षति पुगेको छ। सुनसरी र झापाको क्षति विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। प्रभावित जिल्लाका पीडितले आश्रय लिएका कारण विद्यालयहरु सञ्चालन हुन सकेको छैन। सप्तरीका 38 विद्यालयमा करिब रु दुई करोड र धनुषाका 26 विद्यालयमा करिब रु 66 लाखको क्षति भएको जनाइएको छ। अन्य जिल्लाको क्षतिको विवरण संकलन गरिने क्रममा रहेको पोखरेलले जानकारी दिनुभयो । क्षति भएका केही विद्यालयको पुनःनिर्माण गरी सञ्चालन गर्नुपर्ने बताइएको छ।

जानकारी तथा लेखहरु