फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री र ब्राजिलका राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2017-09-02 15:19:10

        चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो सेप्टेम्बर एक तारिख दिउँसो पैचिङमा ब्राजिलका राष्ट्रपति मिचेल तेमरसँग भेट-वार्ता गर्नुभयो। राष्ट्रपति मिचेल चीनको औपचारिक भ्रमण, ब्रिक्स शिखर सम्मेलन र उदियमान मुलुक तथा विकासोन्मुख मुलुक बीचको वार्तामा सहभागी हुन चीन आउनु भएको हो।

        प्रधानमन्त्री लीले चीन र ब्राजिल दुवै मुलुक विकासोन्मुख ठूलो मुलुक र महत्वपूर्ण उदियमान अर्थव्यवस्था हुन् भन्दै दुवै मुलुक बीचको सम्बन्ध स्थिरता र स्वस्थ विकास हुँदै धेरै सफलता प्राप्त हुँदै आएको बताउनुभयो। चीनले ब्राजिलसँग आपसी विश्वास बढाउने, व्यावहारिक सहयोगलाई विस्तार गर्ने र सांस्कृतिक आदान-प्रदान बढाउने उहाँले औँल्याउनुभयो। चीन र ब्राजिल बीचको सहयोगमा निश्चित शक्ति ठूलो रहेको बताउँदै प्रधानमन्त्री लीले ब्राजिलसँग आधारभूत संरचनाको निर्माण, कृषि, ऊर्जा श्रोत, पर्यटन, खेलकुद आदि क्षेत्रमा चौतर्फी रुपमा सहयोग सबल पार्ने बताउनुभयो।

         ब्राजिलका राष्ट्रपति मिचेलले ब्राजिल र चीन बीचको सम्बन्धमा धेरै विकास भएको भन्दै दुवै मुलुकबीचको सहयोग सम्बन्धलाई विकास गर्न ब्राजित इच्छुक भएको बताउनुभयो। उहाँले व्यापार संरक्षणवादको विरोध र जलवायु परिवर्तनको सामना आदि महत्वपूर्ण अन्तर्राष्ट्रिय समस्यामा दुवै मुलुकको अडान समान रहेको बताउनुभयो। उहाँले अझ बढी चिनियाँ व्यवसायीलाई ब्राजिलमा लगानी गर्न आव्हान पनि गर्नुभयो।

जानकारी तथा लेखहरु