फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्सको नवौँ शिखर सम्मेलनबाट ब्रिक्सको सहयोगी ढाँचालाई बढाइने

(GMT+08:00) 2017-09-02 15:27:34

        ब्रिक्सको नवौँ शिखर सम्मेलन सेप्टेम्बर तीन तारिख चीनको स्या मन शहरमा सुरु हुँदैछ। सो अवसरमा विश्वका प्रभावकारी पाँच नव विकास भएका मुलुकका नेतागण स्यामनमा उपस्थित हुनुहुनेछ।

        सम्बन्धित विश्लेषणका अनुसार, यस सम्मेलनले ब्रिक्स मुलुकको सहयोगी ढाँचालाई विस्तार पार्नेछ र चीनले उठाएको ब्रिक्स प्लस मोडलाई व्यावहारिक रुप पनि देखाउन सकिनेछ।

        सन् 2013 मा दक्षिण अफ्रिकामा आयोजित पाँचौँ शिखर सम्मेलनमा ब्रिक्सका नेता र अफ्रिकाका बाह्र वटा मुलुकका नेताबीचको वार्ता प्रणालीको स्थापना भएको थियो। यस्ता रचनात्मक कार्यले क्षेत्रीय सहयोग र व्यवस्थापन नै ब्रिक्सले भूमिका निर्वाह गर्ने नयाँ क्षेत्र बनेको छ र त्यसलाई ब्रिक्स प्लसको प्रारम्भिक रुप पनि मानिन्छ।

         यो सम्मेलनमा ब्रिक्स प्लस ढाँचा नयाँ उचाइमा पुग्नेछ। चीनले अरु पाँच वटा ब्रिक्स सदस्य नभएका मुलुकका नेतालाई निमन्त्रणा गरी विश्व सम्मेलनको रुपमा बनाएको छ। साथै ब्रिक्सको प्रयासमा अन्तर्राष्ट्रिय मुद्रा कोषमा नव विकास भएका मुलुकका मतदान अधिकार पनि बढेको छ।

         यस सम्मेलनमा अनेकौँ सहमति बनाउने र अरु सहयोगी सम्झौतामा हस्ताक्षर हुने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु