फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केन्याका राष्ट्रपतिद्वारा अदालतको निर्णयको सम्मान

(GMT+08:00) 2017-09-02 16:17:40

        केन्याका राष्ट्रपति उहुरु केन्याताले हिजो सेप्टेमबर एक तारिख पत्रकारसँग कुराकानी गर्दै केन्याको सर्वोच्च अदालतले राष्ट्रपति निर्वाचनको नतिजा अमान्य भएको फैसला दिएप्रति आफ्नो असहमति रहे पनि सो फैसलालाई सम्मान गर्दै नयाँ चरणको निर्वाचनका लागि सक्रिय तयारी गर्ने बताउनुभयो।

        केन्या स्वतन्त्र निर्वाचन र सीमा समितिले गत अगष्ट एघार तारिख सार्वजनिक गरेको राष्ट्रपति निर्वाचन नतिजाका अनुसार, वर्तमान राष्ट्रपति केन्याताले 54.27 प्रतिशत मत पाएर निर्वाचित हुनु भएको थियो। विपक्षी दल राष्ट्रिय सुपर गठबन्धनका उम्मेदवार राइला ओडिन्गाले सो नतिजालाई अस्वीकार गरी सर्वोच्च अदालतसमक्ष अपिल गर्नु भएको थियो। सेप्टेम्बर एक तारिख सर्वोच्च अदालतले निर्वाचन नतिजा अमान्य भएको र साठी दिनभित्र अर्को राष्ट्रपति निर्वाचन गर्न आदेश दिएको छ।

जानकारी तथा लेखहरु