फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्थोडक्स चियाको नीतिगत सुधारसम्बन्धी कार्यशाला सम्पन्:

(GMT+08:00) 2017-09-03 15:03:00

       नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरले कृषिको व्यवसायीकरण गर्न सरकार, निजी क्षेत्र र स्थानीयवासी क्रियाशील हुनुपर्ने बताउनु भएको छ।

        अर्थोडक्स चियासम्बन्धी एक दिने कार्यशाला गोष्ठीको शुक्रबार उद्घाटन गर्दै उपाध्यक्ष मोरले सन्तुलिक आर्थिक विकासका लागि औद्योगिकीकरण सँगै कृषिको व्यवसायीकरण गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनु भएको कारोबार अनलाइनले लेखेको छ। उहाँले राजनीतिक अस्थिरता विस्तारै सुल्झिँदै गएकाले अब आर्थिक एजेन्डामा मुलुकलाई अगाडि बढाउनुपर्ने स्पष्ट पार्नुभयो।

     "अर्थोडक्स चियालाई व्यावसायिक ढंगले विस्तार गर्न सके निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र कृषकको जीवनस्तरमा सुधार गर्न सघाउ पुग्छ," वरिष्ठ उपाध्यक्ष मोरले भन्नुभयो, "अर्थोडक्स चियाको सम्भावनालाई राम्ररी उपयोग गर्न देखिएका चुनौतिहरु हल गर्न आवश्यक छ।"

        डेनमार्क सरकार र अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक तथा वित्तीय सहयोगमा 'उन्नति' नामक संस्थासँगको साझेदारीमा हाल नेपाल उद्योग परिसंघले अर्थोडक्स चिया, अलैंची, अदुवा र दूधको व्यावसायिक उत्पादनलाई वृद्धि गर्ने परियोजना सञ्चालन गरिरहेको छ।

         नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर गरी सात जिल्लामा सञ्चालित परियोजनाले त्यस्ता कृषिउपजको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी स्थानीय कृषकको जीवनस्तरमा समेत सुधार गर्ने लक्ष्य राखेको छ।

         सम्बन्धित जिल्लाबाट आएका कृषक, सहकारी संस्थाका प्रतिनिधि, हिमालयन अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन, हिमालयनको–अपरेटिभलगायत नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी, कृषि विशेषज्ञहरु एवं अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधिसमेतको सहभागिता रहेको सो गोष्ठीमा अर्थोडक्स चियाको उत्पादनदेखि निकासी तहसम्म रहेका विभिन्न नीतिगत समस्या, चुनौती र गतिरोधहरु न्यून गर्ने उपायकाबारे विस्तृत छलफल भएको थियो।

जानकारी तथा लेखहरु