फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाको आणविक परीक्षणप्रति चीनको विरोध

(GMT+08:00) 2017-09-03 16:55:00
      चीनको परराष्ट्रमन्त्रालयले आज एक वक्तव्यको प्रकाशित गरी उत्तर कोरियाले फेरि आणविक परीक्षण गरेकोमा निन्दा व्यक्त गरेको छ।

        उक्त वक्तव्यमा आज उत्तर कोरियाले अन्तर्राष्ट्रिय समाजको विरोध हुँदा हुँदै फेरि आणविक परीण गरेको र त्यसमाथि चीन सरकारले कडा विरोध र निन्दा व्यक्त गरेको उल्लेख छ। चीनले कोरियाली प्रायद्वीपको आणविक रहितसम्बन्धी अन्तर्राष्ट्रिय समूहको विचारमा ध्यान दिएर सुरक्षा परिषदको सम्बद्ध निर्णयको पालना गरी वार्ताको बाटोमा फर्कन उत्तर कोरियालाई ताकिता गरेको पनि वक्तव्यमा उल्लेख छ। चीनले अन्तर्राष्ट्रिय समाजसँग मिलेर उत्तर कोरियासम्बन्धी सुरक्षा परिषदको निर्णयको चौतर्फी रुपमा पालना गरी कोरियाली प्रायद्वीपलाई आणविक रहित बनाउन र शान्ति तथा स्थिरता ल्याउन अडिग रहने कुरा पनि वक्तव्यमा समेटिएको छ।

जानकारी तथा लेखहरु