फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा पैदल पर्यटन लोकप्रिय हुँदै

(GMT+08:00) 2017-09-03 17:38:01
      "चिनियाँ पैदल पर्यटन विकास प्रतिवेदन" हिजो सेप्टेम्बर दुई तारिख चीनको थेन चिनमा प्रकाशित गरेको छ। प्रतिवेदनमा चीनमा पैदल पर्यटन सम्बन्धी चलन बढ्दै गएको उल्लेख छ।

        सो प्रतिवेदनमा चीनमा लगभग अड्तीस करोड मान्छे पर्यटन मनोरन्जनमा लागेका छन्। त्यसैगरी लगभग तेह्र करोड मन्छे पैदल पर्यटन र घुमफिरबाट मनोरञ्जन लिने गरेको बताइएको छ।

        देशभित्र स छ्वाङ, तिब्बत स्वायत्त प्रदेश, सिन च्याङ युगुर स्वायत प्रदेश पैदल पर्यटनका सबैभन्दा लोकप्रिय गन्तव्य हुन्। हिउँदे ओलम्पिक खेलकुदको प्रचार प्रसारणमा उत्तर-पूर्वी तीनवटा प्रान्त, हपै प्रान्त र पैचिंग लोकप्रिय गन्तव्य बनेका छन्।

जानकारी तथा लेखहरु