फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत एयरलाइन्सको सी आनबाट था‍इल्याण्डको सामुइमा उडान गर्ने

(GMT+08:00) 2017-09-03 18:27:48

        तिब्बती एयरलाइन्सले आगामी छ तारिखदेखि सी आनबाट थाइल्याण्डको सामुइ टापुसम्मसम्म प्रत्यक्ष उडान गर्ने भएको छ। पल्लो शान सी प्रान्तबाट थाइल्याण्डतर्फ उड्ने यो पहिलो प्रत्यक्ष उडान हो।

        सामुइ टापु थाइल्याण्डका तीनटा ठूला टापुमध्येको एक हो। केही वर्षयता सो टापुमा जाने पर्यटकको संख्या वृद्धि भएको छ। यसअघि पल्लो शान सी प्रान्तले त्यसतर्फ उडान गर्ने प्रत्यक्ष उडान राखेको थिएन। स्थानीय यात्रुले विमानबाट थाइल्याण्ड पुगेर गाडी र डुङ्गाबाट सामुइ टापुको यात्रा गर्नु परेको थियो। अब प्रत्यक्ष उडान सुरु भएपछि सामुइ टापु घुम्न जाने पर्यटकलाई धेरै सुविधा हुनेछ।

जानकारी तथा लेखहरु