फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा ब्रिक्स मुलुकहरूका नेताहरूको नवौं सम्मेलनको अध्यक्षता

(GMT+08:00) 2017-09-04 14:01:27

ब्रिक्स मुलुकका नेताहरूको नवौं सम्मेलन सेप्टेम्बर चार तारिख विहान फुच्येन प्रान्तको स्यामन शहरमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभयो।

सोही दिन विहान 9 बजेर 50 मिनेट जाँदा ब्राजिलका राष्ट्रपति मिशेल टेमेर, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकपछि अर्को गरी स्यामन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुग्नुभयो। राष्ट्राध्यक्ष सीले सो केन्द्रको पहिलो तलामा उहाँहरूलाई हार्दिक स्वागत गर्नुभयो।

विहान सीले ब्रिक्स मुलुकहरूका नेताहरूको सानो परिधिको सम्मेलन र ठूलो परिधिको सम्मेलनको अध्यक्षता गर्नुभयो। सानो परिधिको सम्मेलनका मुख्य विषयवस्तु विश्व अर्थतन्त्रको परिस्थिति, विश्व अर्थतन्त्रको शासन, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरू, देशको सुरक्षा र प्रगति समावेश छन्। ठूलो परिधिको सम्मेलनमा ब्रिक्स मुलुकको सहयोगलाई सबल पार्ने, जनस्तरीय आदान-प्रदान लगायत विषयबारे मुख्यतःछलफल गरिएको छ।

जानकारी तथा लेखहरु