फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र दक्षिण अफ्रिकाका राष्ट्रपति जुमाबीच भेटघाट

(GMT+08:00) 2017-09-04 14:37:49

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर चार तारिख स्यामन शहरमा ब्रिक्स मुलुकहरूका नेताहरूको नवौं सम्मेलनमा सहभागी हुन चीन आउनुभएका दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमासँग भेटघाट गर्नुभएको छ।

सो अवसरमा सीले हालैका वर्षयता चीन र दक्षिण अफ्रिकाको चौतर्फी रणनैतिक साझेदारी सम्बन्धले सशक्त विकासको प्रवृत्तिलाई कायम राखेको र द्विपक्षीय सम्बन्ध इतिहासकै उत्तम अवधिमा रहँदैआएको कुरा बताउनुभयो। चीनले दक्षिण अफ्रिकासँग समन्वय र सम्पर्कलाई बढाउने र साझा विकास साकार तुल्याउने आशा लिएको कुरा सीले पनि बताउनुभयो।

प्रत्युत्तरमा जुमाले ब्रिक्स मुलुकहरूका नेताहरूको सम्मेलनको आयोजना गर्नका लागि चीनले उत्कृष्ट तयारी कार्य गरेकोमा कृतज्ञता ज्ञापन गर्नुभयो। दक्षिण अफ्रिका र चीनको चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध सशक्त र जीवन्त शक्ति रहेको बताउँदै दुई मुलुकको रणनैतिक सहयोगको प्रारुप सुचारु रुपमा कार्यान्वयन गरिएको र द्विपक्षीय सहयोग प्रणाली फलदायक भएको कुरामा पनि जुमाले जोड दिनुभयो।

जानकारी तथा लेखहरु