फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र रुसका राष्ट्रपति पुनिटबीच भेटघाट

(GMT+08:00) 2017-09-04 15:03:57
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर तीन तारिख स्यामन शहरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्नुभएको छ।

सीले चालू वर्षको जुलाई महिना रुसको भ्रमण गर्नुभएको दौरान आफूले राष्ट्रपति पुनिटसँग चीन र रुसको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई सबल पार्नेबारे महत्वपूर्ण सहमति हासिल गरेको कुरा बताउनुभयो। चीनले रुससँग मिलेर चीन र रुसको सम्बन्धलाई नयाँ उच्चस्तरमा अगाडि बढाउने, आ-आफ्नो विकास र उदयमा एक अर्कालाई मद्दत दिने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताको संरक्षण गर्ने आशा लिएको कुरा सीले व्यक्त गर्नुभयो।

पुटिनले रुसले चीनसँग लगानी, ऊर्जा स्रोत, खेलकुद, सञ्चार-माध्यम, पर्यटन, क्षेत्रीय आदान-प्रदान, उड्डयन र अन्तरिक्षआदि क्षेत्रको सहयोगलाई सबल पार्ने आशा लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु