फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्धचित्तको व्यापार कमजोर

(GMT+08:00) 2017-09-04 15:56:43

बुद्धचित्तको माला बिक्री हुन छाडेपछि काभ्रेका व्यवसायीहरू मारमा परेका छन्। माला व्यापारमा चिनियाँहरु अगाडि थिए। पछिल्लो समय चिनियाँ व्यापारीले माला किन्न छोडेका कारण व्यापारमा शून्यता छाएको व्यापारीको भनाइ छ।

केही वर्षअघिसम्म तीनदेखि सातमुखेसम्मको बुद्धचित्त मालाको भाउ प्रतिगोटा ४ लाख रुपैयाँसम्म थियो। त्यसैगरी दुईमुखे सात मिलिमिटरका १ सय ८ दानाको माला ५ लाख रुपैयाँसम्ममा बिक्री हुन्थ्यो।काभ्रेको तिमाल र रामेछाप आसपासमा बुद्धचित्त फल्छ। हेर्दा यो बयर वा हाडेबेडु जस्तो देखिन्छ। बुद्धचित्त काँडाको रुख हो।

बुद्धचित्तको दाना टिपेपछि कतिपयले ढिकीमा कुटेर माला बनाउने दाना निकाल्छन्। उसिनेर बोक्रा माडेर फालेपछि पनि माला बनाउने दाना तयार हुन्छ। बोक्रा छोडाइएको दानालाई घाममा सुकाएपछि त्यसमा प्वाल छोड्ने काम हुन्छ।बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) मालालाई बौद्ध धर्म मान्ने तिब्बती र चिनियाँ समाजमा पवित्र मानिन्छ। परापूर्वकालदेखि काभ्रेको तिमाल क्षेत्रमा यसको बिरुवा पाइने स्थानीयको भनाइ रहेको नागरिकन्यूज डटकमले लेखेको छ।

सुरुमा लामाहरुले मात्रै जप र ध्यानका लागि बुद्धचित्तको माला प्रयोग गर्थे। विस्तारै यसको प्रचारप्रसार भएपछि चीनको तिब्बतमा निर्यात भएको व्यापारी बताउँछन्। अहिले भारत, सिंगापुर, जापान, कोरियालगायत बौद्ध धर्मावलम्बी भएका देशमा बुद्धचित्त मालाको माग छ। गुरु पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वाद स्वरूप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई बुद्धचित्त माला दिएको जनविश्वास छ।

जानकारी तथा लेखहरु