फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने नेपालको तयारी

(GMT+08:00) 2017-09-04 16:01:08

नेपाल सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने भएको छ। विगतको सरकारले बिनातयारी सन् २०१८ लाई भ्रमण वर्ष मनाउने भने पनि तयारी नपुग्ने भएपछि सरकारले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने भएको हो।

सन् २०१८ देखि अभियान सुरु गर्ने र सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तय भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले जानकारी दिनुभयो। सन् २०२० मा हाल १२ दिनको पर्यटकको बसाई अवधिलाई लम्ब्याएर १५ दिने पु-याउने र प्रतिपर्यटक खर्च दैनिक ६५ डलर पुर्याउने लक्ष्य लिइएको छ।

त्यस्तैगरी सन् २०२० मा नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत पु-याउने लक्ष्य राखिएको छ। हाल उक्त योगदान २ प्रतिशत मात्रै रहेको छ । त्यस्तैगरी विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान ८ प्रतिशत पु-याउने लक्ष्य लिएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो। नेपाल भ्रमण वर्षको नारा भने 'हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना' तय गरिएको छ।

सरकारले ०७४ सालमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तीनवटा रणनीति अपनाएको छ । सरकारले यस वर्ष आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै गन्तव्य विकास र विस्तारका लागि रणनीति बनाएर कार्यान्वयनमा ल्याइसकेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ। ०७३ लाई 'घुमफिर वर्ष' घोषणा गरी अभियान सञ्चालन गर्दा ब्रान्डिङ र प्रचार–प्रसार सफल भएको निष्कर्ष सरकारको छ।

जानकारी तथा लेखहरु