फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्गहाई-तिब्बत पठारभूमिमा पानीको वृद्धि

(GMT+08:00) 2017-09-04 18:33:08

चीन विज्ञान प्रतिष्ठानका अनुसन्धाकर्ताले गरेको सबैभन्दा पछिल्लो अध्ययन बमोजिम, बितेका चालीस वर्षयता, छिङ्गहाई-तिब्बत पठारभूमिमा मे देखि जुन महिनाको शुरुमा अर्थात् गीष्मको शुरुमा परेको पानी स्पष्ट रुपमा बढ्दै गएकाले त्यहाँको बनस्पति जगत पहिलेभन्दा बढी हरियाली बन्दै गएको छ। उक्त परिवर्तनबाट छिङ्गहाई-तिब्बत पठारभूमिमा जलवायु परिवर्तनको प्रवृत्ति प्रमाणित गरिएको पनि जनाइएको छ। उक्त कुरा हालै सार्वजनिक भएको वातावरणसम्बन्धी 'पृथ्वी भूगोल विज्ञान अध्ययन पत्रिका' मा प्रकाशित को छ।

छिङ्गहाई-तिब्बत पठारभूमि पृथ्वीको जलवायु परिवर्तन देखाइने संवेदनशील क्षेत्र मानिन्छ। चीन विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता चाङ वेनस्याले परेको पानीको बढावाबारे ब्याख्या गर्दै पानीको बढावाबाट पठारभूमिको तल्लो भागमा खेतीबाली सिंचाइको पनि राम्रो वातावरण सिर्जना गरिएको छ। यसका अतिरिक्त, छिङ्गहाई-तिब्बत पठारभूमिको दक्षिण-पूर्वी भागमा पानीको वृद्धिबाट तल्लो भागमा जल श्रोत अभावलाई पनि लचिलो पारिएको छ।

जानकारी तथा लेखहरु