फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुक बीचको सहयोगको दोस्रो उत्कृष्ठ दशकको निर्माण गरौं-सी चिन फिङ

(GMT+08:00) 2017-09-05 13:20:20

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज ५ तारिख बिहान चिनियाँ तथा विदेशी पत्रकार सम्मेलनको आयोजना गरी ब्रिक्स मुलुकका नेताहरुको भेट-वार्ता तथा नवोदित मुलुकहरु र विकासोन्मुख मुलुकहरु बीचको वार्ताबारे जानकारी दिनुभएको छ।

उहाँका अनुसार,दश वर्ष अगाडि विश्वको परिस्थिति गहन रुपमा परिवर्तन हुँदा ब्रिक्स मुलुकहरु बीचको सहयोग शुरु भएको हो। ब्रिक्स मुलुकहरुले नवोदित मुलुकहरु र विकासोन्मुख मुलुकहरु बीच एकता गरेर सँयुक्त विजय प्राप्त गर्ने दिशातर्फ उन्मुख भएको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। राष्ट्राध्यक्ष सीले ब्रिक्स मुलुक बीचको सहयोगको दोस्रो उत्कृष्ठ दशकको निर्माण गरौं भन्ने सन्देश पनि यसै पत्रकार सम्मेलनमार्फत दिनुभएको छ।

यस पटकको श्यामन शहरमा भएको भेट-वार्तामा ती मुलुकहरुका नेताहरुले अरु घनिष्ठ,अरु व्यापक तथा अरु चौतर्फी रुपमा रहेको रणनीतिक साझेदारी सम्बन्धको स्थापना गरी ब्रिक्स मुलुक बीचको सहयोगको दोस्रो उत्कृष्ठ दशकको निर्माण गर्ने निर्णय गरेका छन्।

जानकारी तथा लेखहरु