फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्सको मानवीय तथा साँस्कृतिक आदानप्रदान सहयोग स्थायीकरण हुँदै जाने:सी चिन फिङ

(GMT+08:00) 2017-09-05 13:40:56

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज पाँच तारिख आयोजित पत्रकार सम्मेलनमा ब्रिक्सका पाँच मुलुकका नेताबीच विविध विषयमा सहमति भएको बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, यी पाँच मुलुकसँग लामो इतिहास र रमणीय सँस्कृति रहेको छ। जुन मूल्यवान सम्पति हो। साथै उहाँले पाँच मुलुकबीचको मानवीय तथा साँस्कृतिक आदानप्रदान र सहयोग चौतर्फी रुपमा गरिँदै आएको पनि बताउनुभएको छ। खेलकूद, चलचित्र, परम्परागत चिकित्सा, उच्च स्तरीय सम्मेलन आदि कार्यक्रमले पाँच मुलुकका जनताको हार्दिक स्वागत पाएको पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।

पाँच मुलुकले आपसी मानवीय तथा साँस्कृतिक आदानप्रदान र सहयोगलाई स्थायीकरण र संयन्त्रकरण गर्दै यी पाँच मुलुकका जनताबीचको मित्रतालाई गहन पार्दै जाने छ।

जानकारी तथा लेखहरु