फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण-दक्षिण सहयोगलाई गहन पार्ने चीनका राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2017-09-05 14:10:56

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज सेप्टेम्बर पाँच तारिख आयोजित पत्रकार सम्मेलनमा उदियमान बजार मुलुक र विकासोन्मुख मुलुक बीचको वार्तामा दक्षिण-दक्षिण सहयोग र विश्व विकास सहयोगलाई चीनले गहन पार्ने बताउनुभयो। वार्तामा सहभागी भएका उदियमान बजार मुलुक र विकासोन्मुख मुलुकको संभावना राम्रो रहेको बताउँदै उहाँले सन् 2030 दिगो विकास एजेन्डा र विश्व आर्थिक प्रशासनको सुधारमा अझ ठूलो भूमिका निर्वाह गर्ने चाहना विभिन्न मुलुकका नेताले सहमति गरेको बताउनुभयो। उदियमान बजार मुलुक र विकासोन्मुख मुलुकले दक्षिण-दक्षिण सहयोगलाई गहन पार्ने, "ब्रिक्स प्लस"को मोडल स्थापना गर्दै अझ व्यापक साझेदारी सम्बन्ध स्थापना गर्ने कुरामा उहाँले जोड दिनुभयो। उहाँले सिर्जनशिलता, हरित विकास, खुलापन र दिगो विकास स्थापना गर्ने कुरामा वार्तामा सहभागी नेताहरुले सहमति गरेको जानकारी राष्ट्राध्यक्ष सीले दिनुभयो।

जानकारी तथा लेखहरु