फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा ब्रिक्स मुलुकहरूको नयाँ विकास बैंकको परियोजना तयारी कोषलाई 40 लाख अमेरिकी डलर चन्दा

(GMT+08:00) 2017-09-05 13:37:46

चीनले ब्रिक्स मुलुकहरू नयाँ विकास बैंकको परियोजना तयारी कोषलाई चन्दा प्रदान समारोह सेप्टेम्बर चार तारिख स्यामन शहरमा आयोजित भयो। चीनका उप अर्थ मन्त्री शि याउ पिन र नयाँ विकास बैंकका गभर्नर केभी कामथले चीनबाट प्रदत्त 40 लाख अमेरिकी डलर चन्दा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।

कामथले चीन नै यो परियोजना तयारी कोषलाई चन्दा दिने पहिलो सदस्य मुलुक भएको बताउँदै उक्त कोषले नयाँ विकास बैंकका परियोजनाहरू संचालनका लागि प्रभावकारी वातावरण उपलब्ध गराउने कुरा बताउनुभयो।

कामथले नयाँ विकास बैंकले स्थापना भएयता एघार वटा ऋण परियोजना अनुमोदन गरेको छ र ती परियोजनाहरूको कुल रकम 3 अर्ब अमेरिकी डलरभन्दा बढी रहेको कुरा बताउनुभयो। साथै उहाँले सन् 2018 को अन्त्यसम्म नयाँ विकास बैंकको ऋणको कुल रकम 8 अर्ब अमेरिकी डलर पुग्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु