फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतबाट चीन जोडिने रसुवागढी मार्गमा एडीबीले लगानी गर्ने

(GMT+08:00) 2017-09-05 14:54:20

भारत सीमावर्ती ठोरीबाट चीन सीमाको रसुवागढी जोड्ने 'चेपाङ मार्ग'को स्तरोन्नतीका लागि एसियाली विकास बैंक (एडीबी)ले लगानी गर्ने भएको छ। उक्त मार्गको दूरि अहिले ६१ किलोमिटर छ। १० किमि घटाएर फराकिलो बनाउन केही स्थानमा ट्रयाक परिवर्तन र केहीमा सुरूङ निर्माणको तयारी छ।

चितवन क्षेत्र नम्बर १ का सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेका अनुसार सन् २०१९ देखि उक्त मार्गको स्तरोन्नती सुरु हुनेछ। दुई लेनको सडक तयार पार्ने योजना छ। ठोरी–रसुवागढी सडकको एक अंश हो, चेपाङ मार्ग। ठोरी–रसुवागढीको दूरी एक सय ६८ किमि छ। त्यसमध्ये ६१ किमि खण्ड चेपाङ मार्गमा पर्छ। धादिङको मलेखुबाट चितवनको भण्डारासम्मको खण्डलाई चेपाङ मार्ग नामकरण गरिएको अनलाइन खबरले लेखेको छ।

सडक सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन खण्डको सवारी चाप घट्ने जिल्ला ट्राफिक प्रहरी चितवनका प्रमुख सन्तोष पन्तले बताउनुभयो। डिभिजन सडक भरतपुरका प्रमुख धमेन्द्र झाका अनुसार अल्पसंख्यक र विपन्न चेपाङ समुदायको जीवनस्तर माथि उठाउने उद्देश्यका साथ चेपाङ मार्गको ट्रयाक खोलिएको हो। सडक नपुगुञ्जेल दैनिक उपभोग्य सामग्री भण्डाराबाट डोकोमा बोकेर तीन दिनमा मात्र घर पुग्नुपर्थ्यो। अहिले अवस्था फेरिएको छ। बजारसम्म पहुँच बढेपछि तरकारी खेती गर्ने र खसी, बोका पाल्नेहरु बढेका छन्। विपन्न परिवारको आयआर्जन बढाएको छ।

जानकारी तथा लेखहरु