फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर

(GMT+08:00) 2017-09-05 14:55:17

सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर ११५१ सञ्चालनमा ल्याएको छ। ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा ऊर्जासँग सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले उक्त टोल फ्री नम्बरको थालनी गर्नुभयो।

टोल फ्री नम्बरले जनताको गुनासोलाई सम्बोधन गर्ने दाबी ऊर्जामन्त्री शाहीले गर्नुभयो। 'त्यस सेवाले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,' उहाँले भन्नुभयो, 'जनतालाई सोझै सरकारसँग जोडने माध्यमको रूपमा पनि टोल फ्री नम्बर सेवा सञ्चालनमा ल्याउनु हो।'

हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घन्टा कार्यरत रहने गरी तीन–तीनजनाका दरले कर्मचारी उपलब्ध गराएको छ। मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सिधै ११५१ नम्बरमा फोन गर्न सकिनेछ। उक्त नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्ने नागरिकन्यूज डट कमले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहज रूपमा सेवा दिन र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको बताउनुभयो। यसैगरी, प्राधिकरणले 'एनइए अफिसिएल' नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ। उक्त एप्लिकेसनमा ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन्।

जानकारी तथा लेखहरु