फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बस्दै आएका नेपालीको निगरानी गरिने

(GMT+08:00) 2017-09-05 14:56:33

गृह मन्त्रालयले अवैध रूपमा नेपालमा बस्दै आएका विदेशी नागरिकको अनुगमन गर्ने, अहिलेको सफ्टवेयर प्रतिस्थापन गरी बायोमेट्रिक्स प्रणालीको सफ्टवेयर लागू गर्ने र विद्युतीय अध्यागमन व्यवस्थापन प्रणालीमार्फत अध्यागमनको स्तरोन्नति गर्नेलगायत महत्वाकांक्षी रणनीतिक सुधार योजना स्वीकृत गरेको छ।

नेपालमा बस्दै आएका विदेशीको अनुगमन गर्ने अख्तियारी (म्यान्डेट) भए पनि अध्यागमन विभागले अनुगमन प्रभावकारी बनाउन तीनवर्षे रणनीतिक योजनामा उल्लेख गरेको छ। विभागले अहिलेसम्म नेपालमा बस्ने विदेशीको अनुगमन गर्न सकेको छैन।रणनीतिक योजनामा अध्यागमनलाई समयानुकूल विद्युतीय प्रणालीमा लैजाने, अध्यागमनका कर्मचारीको क्षमता अभिवृद्धि गर्नेदेखि सुविधायुक्त डिटेन्सन सेन्टर खोल्नेसम्म समेटिएको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।

विभागले नेपालमा रहेका विदेशीको गतिविधि र उनीहरूले यहाँ गर्दै आएका क्रियाकलापको समेत निगरानी गर्नेछ। गृहमन्त्री जनार्दन शर्माले सोमबार विभागले पेस गरेको अध्यागमन सुधार रणनीतिक योजनालाई अन्तिम रूप दिनुभएको हो। विभागका तत्कालीन महानिर्देशक गंगाराम गेलालले अध्यागमन सुधारका विभिन्न विकल्प सहितको योजना करिब दुई महिनाअघि गृह मन्त्रालयमा बुझाउनुभएको थियो।

यो प्रणाली लागू भए सम्भावित आपराधिक र आतंकवादी गतिविधिमा संलग्न व्यक्तिको आवागमन रोकिनेछ। अध्यागमन सूचना प्रणालीको वार्षिक अडिट गर्नेसमेत योजनामा उल्लेख छ। धेरै पर्यटक आउने देश पहिचान गरी औचित्यका आधारमा ती देशमा रहेका कूटनीतिक नियोगमा भिसा प्रशोधन केन्द्र खोल्ने पनि योजनामा उल्लेख छ।

जानकारी तथा लेखहरु