फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवोदित बजार मुलुकहरू तथा विकासोन्मुख मुलुकहरूको वार्ताको आयोजना

(GMT+08:00) 2017-09-05 15:08:43

नवोदित बजार मुलुकहरू तथा विकासोन्मुख मुलुकहरूको वार्ताको सेप्टेम्बर पाँच तारिख स्यामन शहरमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त वार्ताको अध्यक्षता गर्नुभयो। सीले विभिन्न पक्षले एकता र सहयोगलाई बढाउनुपर्ने, खुलापनमूलक विश्व अर्थतन्त्रको संयुक्त रुपमा सिर्जना गर्नुपर्ने, सन् 2030 दिगो विकास विषयसूचीलाई संयुक्त रुपमा व्यवहारमा उतार्नुपर्ने, विश्वको आर्थिक बनौटको सामान्जस्यताको ऐतिहासिक सुअवसरको संयुक्त रुपमा सामना गर्नुपर्ने, व्यापक साझेदारी सम्बन्धको संयुक्त रुपमा स्थापना गर्नुपर्ने, निष्पक्ष, खुला, चौतर्फी, सिर्जनशील विकासको बाटोको संयुक्त रुपमा खडा गर्नुपर्ने, विश्वको आर्थिक बृद्धिका लागि अझै ठूलो योगदान दिनुपर्ने कुरामा जोड दिनुभएको छ।

ब्रिक्स मुलुकहरूका नेताहरू अर्थात् ब्राजिलका राष्ट्रपति मिशेल टेमेर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा, उक्त वार्तमा सहभागी हुन निमन्त्रण गरिएका इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसी, गिनीका राष्ट्रपति अल्फा कोन्डे, मेक्सिकोका राष्ट्रपति एनरिक पेनानियतो, ताजिकिस्तानका राष्ट्रपति एमोमाली राख्मोनोभ, थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ छान ओचा उक्त वार्तामा उपस्थित हुनुभयो।

उक्त वार्तामा उपस्थित हुनुभएका नेताहरूले भविश्यमा यस्तो वार्ताको आयोजना हुने, दक्षिण-दक्षिण सहयोग र अन्तर्राष्ट्रिय विकास सहयोगलाई अगाडि बढाउने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु