फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

(GMT+08:00) 2017-09-05 18:00:51

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पाँच तारिख स्यामनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। मोदी ब्रिक्स मुलुक नेतागणको नवौं वार्ता तथा नवउदीयमान मुलुक र विकासोन्मुख मुलुक बीचको वार्तामा भाग लिन चीन आउनुभएको हो।

भेटमा राष्ट्राध्यक्ष सीले विश्वमा सबैभन्दा ठूला विकासोन्मुख मुलुक तथा नव उदीयमान मुलुक चीन र भारतबीचको स्वस्थ तथा स्थिर सम्बन्ध दुई देशका जनताको आधारभूत हित अनुकूल हुनुका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा पनि भएको कुरामा जोड दिनुभयो। भारतसँग मिलेर दुवै पक्षको सहमतिमा शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तको पालना गर्दै आपसी राजनैतिक विश्वास, हितयुक्त सहयोग लगायत पारस्परिक सम्बन्धलाई सही दिशातिर अघि बढ्दै जाने इच्छा चीनले लिएको पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो। साथै राष्ट्राध्यक्ष सीले आर्थिक तथा सामाजिक विकास क्षेत्रमा दुई देश बीचको सहयोगको निहित शक्ति ठूलो रहेको पनि प्रकाश पार्नुभएको छ।

त्यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स मुलुक नेतागण स्यामन वार्ता सफलताका साथ सम्पन्न भएकोमा बधाई दिनुभयो। यस पटकको वार्ता वर्तमान परिस्थितिमा ब्रिक्स मुलुकबीचको सहयोगलाई सबल पार्नका लागि निकै महत्वपूर्ण भएको पनि मोदीको विचार थियो। चीनसँगै मिलेर आपसी सम्बन्ध स्थिर रुपमा विकास प्रत्याभूति दिन भारत इच्छुक रहेको पनि मोदीले बताउनुभयो। दुई देशबीच राजनैतिक विश्वास, वस्तुगत सहयोग, मानवीय आदानप्रदानलाई बढाउँदै सिमा क्षेत्रको शान्ति तथा सुरक्षाको संयुक्त संरक्षण गर्नुपर्ने पनि उहाँले बताउनुभयो। त्यस्तै अन्तर्राष्ट्रिय मामिलामा चीनसँगको सम्पर्कलाई प्रवर्द्धन पार्ने आशा पनि भारतले व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु