फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकबीचको सहयोग कुनै तेस्रो पक्षलाई लक्षित होइनःचीन

(GMT+08:00) 2017-09-05 18:12:28

ब्रिक्स मुलुकबीचको सहयोग खुलस्त, पारदर्शी, साझा हितयुक्त हुनुका साथै कुनै तेस्रो पक्ष लक्षित पनि होइन र कुनै व्यक्तिका विरूद्ध पनि होइन। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले पाँच तारिख आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफमा यस्तो बताउनुभएको हो।

यस पटकको ब्रिक्स मुलुक नेतागण वार्तामा चीनले श्रृंखलाबद्ध प्रस्ताव प्रस्तुत गरेको छ। तीमध्ये पचास करोड चिनियाँ युआन बराबर ब्रिक्स मुलुक आर्थिक तथा प्राविधिक सहयोग आदानप्रदान योजना खडा गर्नु, नयाँ विकास बैंकलाई चालिस लाख अमेरिकी डलर बराबर तयारी कोष उपलब्ध गराउनु रहेका छन्। कोहीले चीनले यसो गर्नुको उद्देश्य ब्रिक्स मुलुक सहयोगमा चीनको नेतृत्वदायी स्थानलाई बलियो पारी ब्रिक्स मुलुक सहयोग प्रणालीको माध्यमबाट विश्वमा चीनको दबाव बढाउने फ्ल्याटफर्मको रूपमा लिई पश्चिमा मुलुकको नेतृत्वमा रहेको वर्तमान अन्तर्राष्ट्रिय परिपाटी परिवर्तन गर्नेतर्फ केन्द्रित रहेको भनेर पत्रकारहरूले प्रश्न सोधेका थिए।

यसबारे चर्चा गर्दै प्रवक्ता कङले ब्रिक्स मुलुकबीचको सहयोगले साझा हितको संरक्षण गरेर साझा अपेक्षालाई प्रतिविम्वित गरिएकोले व्यापक विकासोन्मुख मुलुकको साझा आवाजलाई पठाइएको औंल्याउनुभएको छ। नव स्थापित बजार मुलुक तथा विकासोन्मुख मुलुकको प्रतिनिधित्व गरेका ब्रिक्स मुलुकका पाँच सदस्यले विश्वको आर्थिक संचालन तथा सुधारलाई अघि बढाउँदा श्रृंखलाबद्ध उपलब्धि हासिल गरेका छन र ती कदमहरु विश्वको शान्ति र स्थिरता, विश्वको अर्थको स्थिर बृद्धिको प्रवर्द्धन गर्नुको लागि हितकर भएको प्रमाणित भएको कुरा पनि प्रवक्ता कङले पुष्टि गर्नुभएको छ।

जानकारी तथा लेखहरु