फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकहरुका नेताहरूको स्यामन सम्मेलन सम्पन्न

(GMT+08:00) 2017-09-05 18:28:34

ब्रिक्स मुलुकहरुको शिखर सम्मेलन आज चीनको फुच्येन प्रान्तस्थित स्या मन शहरमा सम्पन्न भएको छ। सोहि दिन चीनका राष्ट्राध्यक्ष सी चिन फिङले स्यामन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चिनियाँ तथा विदेशी पत्रकारहरूसँग भेटघाट गर्नुभएको छ। सीले ब्रिक्स मुलुकहरुका नेताहरूको नवौं सम्मेलन, नवोदित बजार मुलुकहरू तथा विकासोन्मुख मुलुकहरूको वार्ताको अवस्थाबारे जानकारी दिनुभएको छ।

सीले ब्रिक्स मुलुकहरुका नेताहरूको स्यामन सम्मेलन सफलताका साथ सम्पन्न भएको र उक्त सम्मेलनमा "ब्रिक्स मुलुकहरूका नेताहरूको स्यामन घोषणा-पत्र" पारित गरिएको कुरा बताउनुभयो।

उहाँका अनुसार, ब्रिक्स मुलुकहरुले यसै स्यामन सम्मेलनलाई नयाँ सुरुवात बनाएर अझ घनिष्ट, व्यापक र चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको निर्र्माण गर्ने निर्णय गरेका छन्।

सीले आगामी वर्ष दक्षिण अफ्रिका ब्रिक्स मुलुकहरुको अध्यक्ष-मुलुक हुने कुरा भन्दै चीनले विभिन्न पक्षसँग मिलेर दक्षिण अफ्रिकालाई ब्रिक्स मुलुकहरुका नेताहरूको दशौं सम्मेलनको आयोजना गर्न समर्थन दिने आशा लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु