फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा सन् २०२२ हिउँदे प्यारा-ओलम्पिक खेलकूदको तयारी प्रतिवेदन प्रस्तुत

(GMT+08:00) 2017-09-06 10:04:10

सेप्टेम्बर पाँच तारिख चीनको अपाङ्ग संघ बोर्डका निर्देशक एवम् पैचिङ हिउँदे ओलम्पिक खेलकूद संयोजन समितिका उपाध्यक्ष लु योङले साउदी अरेबियामा आयोजित अन्तर्राष्ट्रिय प्यारा-ओलम्पिक समिति प्रतिनिधि सभामा पैचिङ हिउँदे प्यारा-ओलम्पिक खेलकूद २०२२को तयारी अवस्था प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

प्रतिवेदनमा लु योङले संयोजन समितिलाई पूर्णता दिलाउने, प्यारा-ओलम्पिक आयोजना प्रणाली र अवस्थाको नविकरण, रङ्गशालाको निर्माण अवस्था, प्रतियोगिता सञ्चालन अवस्था लगायत सात वटा क्षेत्रबारे विस्तृत रुपमा जानकारी दिनुभएको छ। पैचिङ हिउँदे प्यारा-ओलम्पिकको तयारी कार्यमा हासिल गरिएको सकारात्मक उपलब्धिहरुको सभामा सहभागी प्रतिनिधिहरुले उच्च मूल्याङ्कन गरेका छन्।

सो प्रतिवेदनको सुनुवाई पैचिङ हिउँदे ओलम्पिक खेलकूद संयोजन समितिले १४८ वटा मुलुक तथा क्षेत्रका प्यारा-ओलम्पिक समिति एवम् १९ वटा अन्तर्राष्ट्रिय प्यारा-ओलम्पिक समितिले स्विकृति दिएको अन्तर्राष्ट्रिय संस्थासमक्ष पैचिङ हिउँदे प्यारा ओलम्पिकको तयारी अवस्थाबारे दिएको पहिलो जानकारी हो।

जानकारी तथा लेखहरु