फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधानमा सैन्य प्रयोग प्रभावकारी छनौट होइनःचीन

(GMT+08:00) 2017-09-06 10:06:22

कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान क्रममा सैन्य प्रयोग प्रभावकारी छनौट नभएको र नाकाबन्दी लगाउनु पनि समस्याको पूर्ण समाधानको उपाय नभएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ शुआङले पाँच तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

संघीय स्विजर्ल्याण्डका अध्यक्ष दोरिस लेउथार्दले सेप्टम्बर चार तारिखका दिन उत्तर कोरियामाथि नाकाबन्दी होइन अब वार्ता गर्ने समय भयो भन्ने औंल्याउनुभएको थियो। सम्बन्धित प्रश्नको जवाफ दिँदै प्रवक्ता कङ शुआङले उक्त कुरा भन्नुभएको हो। हाल शान्तिपूर्ण तवरले वार्ता तथा सम्झौतामार्फत विद्यमान कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान गर्ने आवाज अन्तर्राष्ट्रिय समाजको मुख्य प्रवाह भएको र सम्बन्धित विभिन्न पक्षले संयम अपनाउनुपर्ने भन्दै प्रवक्ता कङले आग्रह पनि गर्नुभएको थियो।

जानकारी तथा लेखहरु