फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उपप्रधानमन्त्री महराको चीन भ्रमण आजदेखि

(GMT+08:00) 2017-09-06 14:08:04

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आजदेखि उत्तरी छिमेकी चीनको अपौचारिक भ्रमणमा निस्कनुभएको छ। महरा ७ सदस्यीय टोलीको नेतृत्व गर्दै एयर चाइनाको बिमान मार्फत छङ्तु हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चीन जान लागेका महराको भ्रमण टोलीमा परराष्ट्रका सहसचिव गणेश ढकाल, मन्त्रालयका उपसचिव कुमार राई, महराका प्रेस तथा जनसम्पर्क सल्लाहकार हरि लामिछाने सहभागी छन। त्यस्तै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, राजनीतिक काउन्सिलर हरिश्चन्द्र घिमिरे, उपनियोग प्रमुख सुशीलकुमार लम्साल चीनबाटै भ्रमण टोलीमा सामेल हुने जनाइएको छ। परराष्ट्र मन्त्री भए पछि महराको पहिलो चीन भ्रमण हो।

महराले बेइजिङमा रहदा समकक्षी वाङ यीसँग दुईपक्षीय विषयमा छलफल गर्नुका साथै प्रधानमन्त्री ली खछ्याङ लगायत चिनियाँ कम्प्युनिष्ट पार्टीका उच्च तहका नेताहरु सँग भेट्ने महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईले जानकारी दिनुभयो। ६ दिने भ्रमणमा कुनै सम्झौता नहुने तर केपी ओली नेतृत्वको सरकारले चीनसँग गरेको पारवहन सम्झौता कार्यन्वयन बारे भने छलफल हुने परराष्ट्रमन्त्रालय स्रोतले बताएको छ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार क्वाङचौमा ६ महिनाअघि खुलेको नेपाली महावाणिज्य दूतावास उद्घाटन गर्ने र चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रियामा सहभागि हुने कार्यक्रम छ। परराष्ट्र मन्त्री महरा २६ भदौंमा नेपाल फर्किने नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु