फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल नीजि क्षेत्रबीच ब्यापार तथा लगानी साझेदारीमा सहजीकरण गर्न चिनियाँ दूतावास इच्छुक

(GMT+08:00) 2017-09-06 14:09:08

नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन र नेपालको नीजि क्षेत्रबीच ब्यापार तथा लगानी साझेदारीमा सहजीकरण गर्न दूतावास तयार रहेको बताउनुभएको छ। मंगलबार चौधरी ग्रुपको अवलोकन गर्ने क्रममा अध्यक्ष विनोद चौधरीसँग राजदूत होङले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध थप बलियो बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो।

'चिनियाँ राजदूत होङले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध थप बलियो बन्दै गएकोमा खुसी ब्यक्त गर्दै दुई देशका निजी क्षेत्रबीच सहजीकरण गर्न आफु तयार रहेको बताउनुभयो', चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन म्यानेजर मधुसूदन पौडेलले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग राजदूत यु होङले 'चीनसँगको ब्यापारिक कारोबारमा कुनै समस्या छ कि भनेर चासो राखेको' पौडेलले जनाउनुभयो। 'राजदूतले चीन र नेपालका विभिन्न शहरहरूबीच सिधा हवाई सम्पर्क कायम भएसँगै दुई देशबीच आर्थिक सम्बन्ध पनि विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो', विज्ञप्तीमा छ।

भेटमा अध्यक्ष चौधरीले भने नेपालका ठूला परियोजनामा लगानीका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न राजदूत युलाई आग्रह गर्नुभयो।'नेपालमा पक्कै पनि चिनियाँ लगानी बढेको छ तर जलस्रोत, पूर्वाधार र वित्तिय क्षेत्रका वृहत परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्नु जरुरी छ', अध्यक्ष चौधरीलाई उद्धृत गर्दै पौडेलले भन्नुभयो, 'नेपाल चिनियाँ लगानीकर्तालाई स्वागत गर्न तयार छ।'

जानकारी तथा लेखहरु