फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चीन-अरबेली मुलुक मेला2017लाई बधाई सन्देश

(GMT+08:00) 2017-09-06 14:29:30

चीन-अरबेली मुलुक मेला 2017 सेप्टेम्बर छ तारिख निङ स्याको यिन छ्वान शहरमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बधाई सन्देश पठाई उक्त मेलाको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सीले बधाई सन्देशमा चीन र अरबेली मुलुकहरू असल मित्र र असल साझेदार हुन् भन्दै इतिहासमा चीन र अरबेली मुलुकहरूले रेशमी मार्गका कारण मित्रताको सम्बन्ध गाँसेका, आर्थिक विश्वव्यापीकरण गहिरो रुपमा विकास भएकोले आज चीन र अरबेली मुलुकहरू "एक पेटी एक मार्ग" निर्माणको महत्वपूर्ण सहयोगी साझेदार बनेको कुरा बताउनुभयो।

सीले उक्त मेलाले चीन र अरबेली मुलुकहरूको सहयोगका लागि महत्वपूर्ण चौतारो उपलब्ध गराएको बताउँदै चीनले अरबेली मुलुकहरूलगायतको विभिन्न मुलुकसँग मिलेर "एक पेटी एक मार्ग" निर्माणलाई अगाडि बढाउने, सुअवसरलाई संयुक्त रुपमा बाँड्ने तथा शान्तिलाई संयुक्त रुपमा अगाडि बढाउने आशा लिएको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु