फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाङ याङ र रोगोजिनद्वारा चीन-रुस प्रधानमन्त्रीको नियमित वार्ता परिषदका अध्यक्षहरूको वार्ताको अध्यक्षता

(GMT+08:00) 2017-09-06 14:51:16
सेप्टेम्बर चारदेखि पाँच तारिखसम्म चीनका उप प्रधानमन्त्री एवम् चीन-रुस प्रधानमन्त्रीस्तरीय नियमित वार्ता परिषदअन्तर्गत चीन पक्षका अध्यक्ष वाङ याङले भोल्गोग्राडमा रुसका उप प्रधानमन्त्री एवम् उक्त परिषदअन्तर्गत रुस पक्षका अध्यक्ष दमित्री रोगोजिनसँग दुई पक्षका अध्यक्षहरूको वार्ताको अध्यक्षता गर्नुभएको छ।

वाङ याङले यस पटकको वार्ताको मुख्य कार्य दुई मुलुकका राष्ट्रनायकबीच प्राप्त श्रृंखलाबद्ध सहमतिलाई व्यवहारमा उतार्नु, चालू वर्षको नोभेम्बर महिनामा दुई मुलुकका प्रधानमन्त्रीको नियमित वार्ताका लागि तयारी गर्नु रहेको बताउनुभयो।

रोगोजिनले वाङ याङ रुस आउनुभएकोमा स्वागत गर्नुभयो। उहाँले रुसले चीनसँग रुस र चीनको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध विकासलाई अगाडि बढाउने आशा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु