फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई पर्यटकीय शहर चितवन र पोखराबीच सीधा हवाई उडान

(GMT+08:00) 2017-09-06 14:52:59

चितवन—काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो।

पोखरा–भरतपुर हवाई सेवा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकका कारण आउन नचाहेका पर्यटक भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ। चितवनमा कास्की, बागलुङ, तनहुँ, पर्वतलगायत जिल्लाबाट बसाइँसराइ गरी आउने र व्यवसाय गर्नेको संख्या बढी भएकाले उडानलाई व्यावसायिक सफलता मिल्ने अपेक्षा गरिएको छ। बस्नेतले निरन्तर उडानका लागि आवश्यक प्रचार र सहयोगको खाँचो हुने बताउनुभयो।

जानकारी तथा लेखहरु