फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहिष्णु तथा दिगो शहरीकरण प्रक्रियालाई अगाडि बढाउने आशा

(GMT+08:00) 2017-09-06 17:19:09
अन्तर्राष्ट्रिय समाजसँगै मानव भाग्य समुदायको निर्माण गर्नुका साथै सहिष्णु तथा दिगो शहरीकरण प्रक्रियालाई अगाडि बढाएर मानव बसोबास वातावरणलाई श्रेष्ठ पार्ने आशा चीनले गरेको छ। 5 तारिख आयोजित 71औं राष्ट्र संघीय महाधिवेशनअन्तर्गत "नयाँ शहर एजेन्डा" उच्चस्तरीय बैठकमा चिनियाँ उपप्रतिनिधि उ हाइ थाउले सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको छ।

उहाँका अनुसार, सन् 2016 अक्टोबरमा आयोजित तेस्रो राष्ट्र संघीय आवास तथा शहरको दिगो विकास बैठकले "नयाँ शहर एजन्डा"को पारित गरेर भविष्यमा विश्वव्यापी शहरको विकासको मोड लिएको छ। चीन सरकारले नयाँ सिर्जना, समन्वय, हरित, खुला र शेयरको सिद्धान्त लिएर शहरको डिजाइनलाई सबल पार्ने, इतिहास तथा सँस्कृतिको सुरक्षा गर्ने, शहरको सार्वजनिक सेवालाई सुधार पार्ने , उर्जा र जलको बचत गर्ने र शासन तरिकामा नयाँ सिर्जना गर्ने आदिद्बारा एजेन्डालाई व्यवहारमा उतार्नेछ।

जानकारी तथा लेखहरु