फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री र मुख्य अन्तर्राष्ट्रिय आर्थिक संगठनका प्रतिनिधिबीच दोस्रो "1+6" गोलमेच संवाद हुने

(GMT+08:00) 2017-09-06 18:41:11

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले 12 तारिख पैचिङ्गमा विश्व बैंकका प्रमुख चिम युङ्ग किम, अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टिन लागार्डे, विश्व व्यापार संगठनका महाप्रबन्धक रोबेर्टो आचेभेडो, अन्तर्राष्ट्रिय श्रम संगठनका महाप्रबन्धक गाइ राइडेर , आर्थिक सहयोग तथा विकास संगठनका महासचिव जोस एन्गेल गुरिय ट्रेभिनो र बैकिङ्ग स्थीरता समितिका अध्यक्ष मार्क कार्नीसँग दोस्रो "1+6" गोलमेच संवाद गर्नुहुने भएको छ। उहाँहरुले आर्थिक वृद्धि, संरचनागत सुधार, दिगो विकास, व्यापार तथा लगानी, बैकिङ्ग स्थिरता र रोजगारी आदि विषयबारे गहिरो रुपमा छलफल गर्नुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्याङ्गले 6 तारिख पैचिङमा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु