फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आउँदो सिजनका लागि होटल बुकिङ बढ्दै गएपछि पर्यटन व्यवसायीहरु उत्साहित

(GMT+08:00) 2017-09-07 14:35:27

आउँदो सिजनका लागि होटलहरुमा बुकिङ बढ्दै गएपछि पर्यटन व्यवसायीहरु हौसिएका छन्। यसपाली विदेशी पर्यटकको आगमन गत वर्षभन्दा उच्च हुने उनीहरुको अनुमान छ। हिमाल चढ्ने उद्देश्य लिएका केही पर्यटक नेपाल आइसकेका छन् । यसले गर्दा होटलहरुमा अकुपेन्सी बढ्दै गएको छ । अन्य क्षेत्रका पर्यटकहरुले भने अहिले धमाधम बुकिङ गरिरहेका छन् ।

'गत वर्षको भन्दा यसपाली होटलको अकुपेन्सी उच्च छ र बुकिङ पनि उच्च छ,' होटल व्यवसायी संघका महासचिव बिनायक शाह भन्छन्, 'गत वर्ष ६० प्रतिशत मात्रै होटल बुकिङ थियो, यसपाली ७५ प्रतिशतसम्म पुग्ने आँकलन छ।'

अहिले नै होटल अकुपेन्सी ५५ प्रतिशत पुगिसकेको छ । मूख्यत शरद ऋतुका लागि पर्यटकहरु दशै–तिहारको बिचमा आउँछन्। यो सिजनमा बिशेषगरी नेपालमा अमेरीकन, अष्ट्रेलियन तथा क्यानडियनहरु आउने गर्दछन्। चिनीया तथा भारतीय पर्यटक भने हरेक समय नै आउने गर्दछन् । पर्यटन व्यवसायीहरुले नेपाली तथा भारतीय पर्यटकलाई सदाबहार पर्यटकको रुपमा लिने गरेका छन्। पछिल्लो समय चिनीया पर्यटकहरु नेपालमा बढ्दै गएका छन्।

तर दुई वर्षअघि गएको भूकम्पका कारण अवरुद्ध बनेको चीनतर्फको तातोपानी नाका अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । जसका कारण चिनियाँ पर्यटकहरु यो बाटो हुँदै आउन सकेका छैनन्।

जानकारी तथा लेखहरु