फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-09-07 09:28:22

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर छ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले हाल चीन र अमेरिकाबीचको विभिन्न क्षेत्रको आदान-प्रदान र सहयोग निरन्तर रुपमा अगाडि बढाइएको, दुई पक्षले पहिलो चीन-अमेरिका समाज तथा जनस्तरीय वार्ता, चीन-अमेरिका कानूनी कार्यान्वयन तथा साइबर सुरक्षा वार्ताको तयारी गर्दैआएको कुरा बताउनुभयो। चीनले राष्ट्रपति ट्रम्पले चालू वर्षभित्र चीनको राजकीय भ्रमण गर्नका लागि महत्व दिएको र दुई पक्षबाट यस पटकको भ्रमण सफलताको प्रत्याभूति गर्नका लागि प्रयास गर्ने आशा लिएको पनि सीले व्यक्त गर्नुभयो।

ट्रम्पले चालू वर्षभित्र चीनको राजकीय भ्रमण गर्ने र राष्ट्राध्यक्ष सीसँग भेटघाट गर्ने अपेक्षा लिएको विचार व्यक्त गर्नुभयो।

दुई मुलुकका राष्ट्रनायकहरूले कोरियाली प्रायद्विपको परिस्थितिबारे पनि वैचारिक आदान-प्रदान गर्नुभयो।

जानकारी तथा लेखहरु