फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमा छिङ्गहाई प्रान्तका तिब्बती क्षेत्रमा स्नातकहरुका लागि रोजगारी

(GMT+08:00) 2017-09-07 17:11:30
सन् २०१३ देखि छिङ्गहाई प्रान्तस्थित तिब्बती क्षेत्रहरुमा विश्वविद्यालयबाट स्नातक भएकाहरुलाई लक्षित गरी श्रृंखलाबद्ध कदम चालिएपछि रोजगारी दर सन् २०१३ को ८५.६ प्रतिशतदेखि सन् २०१६ को ८९.२ प्रतिशतसम्म उकासिएको छ। उक्त जानकारी छिङ्गहाई प्रान्तीय जनशक्ति श्रोत तथा सामाजिक प्रत्याभूति व्यूरोको जनशक्ति श्रोत बजार विभागका प्रमुख चाङ वन शले सात तारिख सिन्ह्वा समाचार समितिसँगको अन्तर्वार्तामा दिनुभएको हो।

छिङ्गहाई प्रान्त तिब्बत स्वायत्त प्रदेशबाहेक चीनको सबैभन्दा ठूलो तिब्बती आवास क्षेत्र हो। चीनमा रहेका दश वटा तिब्बती स्वायत्त प्रिफेक्चरमध्येको छ वटा छिङ्गहाई प्रान्तमै छन्। छिङ्गहाईमा बसोबास गर्ने तिब्बतीहरुको कूल जनसंख्या २१ लाख पुगेको छ जुन सम्पूर्ण प्रान्तको कूल जनसंख्याको ३६ प्रतिशतले ओगटेको छ।

प्रमुख चाङ वन शले सन् २०१३ यता, छिङ्गहाईमा बीस वटा सम्बद्ध नीति तथा दस्तावेज लागू भएको साथै तिब्बती आबास क्षेत्रमा रोजगारी परिक्षणात्मक ठाँउहरुमा विश्वविद्यालयबाट स्नातक विद्यार्थीहरुको लागि नीतिगत समर्थन दिइँदै आएको जानकारी दिनुभयो। यसका अतिरिक्त, अति गरिब वा कठिन अवस्थामा परेका विश्वविद्यालयबाट स्नातक विद्यार्थीहरुको लागि सार्वजनिक कल्याण सम्बन्धि क्षेत्रमा रोजगारी योजना पनि तर्जुमा गरी व्यवहारमा ल्याइँदैछ।

जानकारी तथा लेखहरु